नेपाल सरकार
उद्योग मन्त्रालय

खानी तथा भूगर्भ विभाग

पर्यावरण तथा शहरी भूविज्ञान सेक्सन


 पर्यावरण तथा शहरी भूविज्ञान सेक्सन

भौगर्भिक तथा पर्यावरणिय अन्बेषण बाट प्राप्त सूचना लाई प्रशोधन गरी भू-पर्यावरणिय नक्शा तयार गरी सरोकारवाला निकाय एवं व्यक्तिहरुलाई भू-पर्यावरणिय सूचना प्रदान गरी ब्यबस्थित शहरी बिकासको योजनामा योगदान गर्नु यस शाखाको मूख्य उद्देश्य रहेको छ । फोहोर मैला ब्यबस्थापनको निम्ति ल्यान्डफिल सईटको खोजी गर्नु पनि यस शाखाको कार्य हो । विभिन्न समयमा विभिन्न नगरपालिकाहरुको लागि ल्यान्डफिल सईट खोजी गरी प्रतिवेदन बुझाईसकिएकोमा केहि नगरपालिकाहरुले मात्र हाम्रो सुझाबलाई कार्यान्वयन गरेको देखिन्छ । यस शाखाको काम गर्दा ईञ्जिनियरिङ शाखा, जियोटेक्निकल ल्याब र रिमोट सेन्सिङ शाखासँग समन्वय गरि गर्नुपर्ने हुन्छ । भू-ईञ्जिनियर तथा योजनाविदको लागि काठमाडौं तथा पोखराको ईञ्जिनियरिङ एवं पर्यावरणिय भौगर्भिक नक्शाको ठूलो महत्व रहेको विभिन्न घटनाहरुले गर्दा प्रमाणित भैसकेको छ ।

यस खानी तथा भूगर्भ विभागले अर्थ अब्जरभेटरी अफ सिंगापुर सँग मिलेर पूर्वी तराईको करिव ९०० वर्ग कि मि क्षेत्रमा लाईडार सर्भे सम्मपन्न गरेको छ। यस सर्भेको उद्देश्य नेपाल हिमालयको भूकम्प एवं टेक्टोनिक्स सम्बन्धि जानकारी हासिल गर्नु हो । यो लाईडार डाटालाई जलविद्युत, जैबिक क्षेत्रको गणना, सिंचाई, बिद्युत ट्रान्समिसन लाईन निर्माण, विपद न्यूनिकरण, शहरि बिकास योजना तथा भू उपयोग योजनामा प्रयोग गर्न सकिन्छ ।