नेपाल सरकार
उद्योग मन्त्रालय

खानी तथा भूगर्भ विभाग

सामान्य भूविज्ञान


करिब ४ करोड बर्ष पहिले ईन्डियन प्लेट र युरेसियन प्लेट एक आपसमा ठोक्किएर हिमालय पर्वतहरु बनेका हुन । सोहि ठक्करबाट बनेको संसारकै सबै भन्दा अग्लो सगरमाथा देखि लिएर अन्य बिभिन्न उच्च हिम श्रृङख्लाहरु नेपालमा अवस्थित छन्। नेपालको सम्पुर्ण भूभागलाई समथर तराई, सिवालिक, लेसर हिमालय, हायर हिमालय र टेथिस हिमालय गरी पांच भौगर्भिक क्षेत्रमा विभाजित  गरेको छ । नेपालका यी पांच ओटै क्षेत्रमा विभिन्न खनिजतत्वहरु रहेका छन् । तराई र सिवालिक क्षेत्रमा पेट्रोलियम पदार्थ, निर्माणमुखी खनिज पदार्थहरु, लेसर हिमालय क्षेत्रमा धातुजन्य खनिज, औद्योगिक खनिज,  किमती तथा अर्ध किमती पत्थरहरु र कोइला जस्ता खनिज पदार्थहरु रहेका छन् । त्यसैगरीे हायर हिमालय क्षेत्रमा  किमती एवं अर्धकिमति पत्थर, मार्वल र धातुजन्य खनिजको संभावना रहेको छ भने टेथिस  हिमालय क्षेत्रमा चुन ढुंगा, नुन, जिप्सम  र प्राकृतिक ग्यासको प्रसस्त संभावना रहेको पाइन्छ ।

 

भुकम्प मापन केन्द्र र भूकम्पीय अनुसन्धान

Micro-seismicity डाटाको आधारमा खानी तथा भूगर्भ विभागले 1:1,000,000 and 1:2,000,000 स्केलकाMicro-Seismicity Epicenter नक्साहरु तयार तथा प्रकाशन गरिसकेको छ । seismo-tectonic research को रुपमा नेपालको केन्द्रीय र सुदूर पश्चिम हिमालयको seismo-tectonic models पनि तयार पारेको छ । यसरी रेकर्ड गरिएका भुकम्पीय डाटाहरु भूकम्पीय जोखिम को मूल्यांकन को लागि र प्रकोप निवारण गर्नको लागी धेरै महत्त्वपूर्ण छन्। यस्ता डाटाहरु योजना तुर्जुमा गर्ने व्यक्तिहरु का साथै इन्जिनियरहरुलाई भूकम्प प्रतिरोधि भौतिक संरचनाहरु जस्तै पुल, बाँध, घर, पावर ट्रान्समिसन ईत्यादि निर्माण गर्न अतिनै महत्वपूर्ण हुन्छन । पछिल्लो तीन बर्षमा  Department Analyse, Surveillance and Environment (DASE), France and California Institute of Technology (CALTECH), USA को प्राविधिक सहयोगमा कन्टिनेन्टल प्लेट को हलचल थाहा पाउनको निम्ति २२ वटा जि पि एस स्टेशनहरु देशका विभिन्न भागहरुमा स्थापनम गरिएको छ ।