नेपाल सरकार
उद्योग मन्त्रालय

खानी तथा भूगर्भ विभाग

परिचय


परिचय

(क) विभागको स्वरुप र प्रकृति:

स्वरुप : स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्य वाट खनिजजन्य उद्योगहरुको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले नेपाल सरकारवाट २०३३ (सन् १९७६) सालमा तत्कालिन खानी विभाग र भौगर्भिक सर्भेक्षण विभागलाई एकिकृत भई श्री उधोग मन्त्रालय अन्तरगत एक मात्र केन्द्रिय निकाय “खानी तथा भूगर्भ विभाग” नामाकरण गरी संचालनमा रहेको छ । नेपाल सरकारको मिति २०५७।३।२६ को निर्णय अनुसार स्वीकृत विभागीय संगठन संरचना वमोजिम महानिर्देशकको मातहतमा (क) भू–विज्ञान, (ख) खनिज सम्पदा र (ग) प्राविधिक तथा प्रशासनिक सेवा गरि ३ महाशाखा, ४ उप–महाशाखा र २५ शाखाहरु, राष्ट्रिय भूकम्पमापन केन्द्र, काठमाण्डौ, भूकम्पमापन केन्द्र सुर्खेत (शाखा कार्यालय) तथा पेट्रेलियम अन्वेषण परियोजनाको व्यवस्था गरिएको छ ।  

प्रकृति: भू–बैज्ञानिक तथा भूकम्पिय अध्ययन, भौगर्भिक सर्वेक्षण, खनिज अन्वेषण, पेट्रेलियम अन्वेषण, खनिज जन्य उद्योगको विकास, खनिज प्रशासन, खानी अनुगमन तथा निरिक्षण ।

(ख) विभागको काम, कर्तव्य र अधिकार

नेपाल सरकार कार्य विभाजन नियमावली, २०६९ मा तोकिएबमोजिम उद्योग मन्त्रालयको काम, कर्तव्य र अधिकारको बुँदा नं. २ र ३ मा खानी तथा भूगर्भ सम्बन्धी देहायको काम, कर्तव्य र अधिकारको प्रावधान निश्चित गरिएको छ ।

  • खानी तथा खनिज पदार्थ अन्वेषण सम्बन्धी नीति, योजना, कार्यान्वयन तथा नियमन ।
  • खानी तथा खनिज विकास विषयक अध्ययन, अन्वेषण तथा सर्वेक्षण ।

उपरोक्त काम, कर्तव्य र अधिकारको दायरालाई आत्मसात् गर्दै खानी तथा भूगर्भ विभागले सम्पादन गर्ने कार्यको आधारमा यस विभागको देहायको काम, कर्तव्य र अधिकार रहेको छ :

  • भूवैज्ञानिक अध्ययन, अनुसन्धान, अन्वेषण ।
  • खानी तथा खनिज पदार्थ सम्बद्ध सरकारका नीति तथा योजनाको कार्यान्वयन एवम् नियमन ।
  • खानी तथा खनिजजन्य उद्योगहरु प्रवर्धन, सञ्चालन एवम् प्रवद्र्धनको पूर्वाधार निर्माण ।
  • देशमा उपलब्ध प्राकृतिक ग्याँस तथा पेट्रोलियम श्रोतको अध्ययन, अनुसन्धान, अन्वेषण, नवप्रवद्र्धन एवम् विकास ।
  • भूकम्पीय वस्तुगत तथ्याङ्क प्राप्तिका निमित्त तथा भूकम्पीय प्रकोप सम्बन्धमा नियमित अध्ययन, अनुसन्धान, अन्वेषणमा तदारुकता एवम् निरन्तरता ।

माथिका बुँदाहरुसँग प्रासङ्गिक भई विभागद्वारा गरिने अन्य आवश्यक कार्यहरु ।

विभागको उदेश्य :

  • भू वैज्ञानिक अध्ययन तथा अनुसन्धान गरी देशको भौगर्भिक ज्ञानमा अभिवृद्धि गर्ने ।
  • खनिज सम्पदाहरुको अध्ययन, अन्वेषण, मूल्याङ्कन तथा प्रवर्धन गरी सो मा आधारित खनिज उद्योगहरुको विकास गरी आर्थिक विकासमा टेवा पु¥याउने ।
  • खानी तथा खनिज पदार्थको अध्ययन, अनुसंन्धानका लागि आवश्यक प्राविधिक सेवा उपलव्ध गराउने ।
  • खनिज भण्डारमा आधारित खानी तथा खनिज उद्योगहरुको प्रवर्धन, विकास, तथा सञ्चालन गर्न खानी तथा खनिज पदार्थ ऐन तथा नियमहरु तर्जुमा गरी लागु गर्ने ।
  • भूकम्पीय अध्ययन तथा अनुसन्धान, भूकम्प र भूकम्पीय प्रकोपको सहि निगरानी राख्ने ।
  • पेट्रोलियम तथा प्रा. ग्याँस हुन सक्ने संभावित क्षेत्रमा भौगर्भिक तथा भू–भौतिक अन्वेषण गरी पेट्रोलियमका भण्डारहरु पत्ता लगाई राष्ट्रियरअन्तराष्ट्रिय लगानीकर्तालाई पेट्रोलियम अन्वेषण एवं उत्पादन गर्न आकर्षण गर्ने ।

(ग) निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण

कर्मचारी संख्या : जम्मा कर्मचारी संख्या २३२ मध्ये प्राविधिक १५७, अप्राविधिकमा २२ र श्रेणी विहिन ५३ कर्मचारीहरु कार्यरत छन् । महानिर्देशक, महाशाखा प्रमुख ३ र उप–महाशाखा प्रमुख ४ गरि रा.प.प्र. श्रेणी को ८, जियोलोजिष्ट ५२,केमिष्ट१३, माइनिङ्ग इन्जिनियर  १३, मेटालर्जिकल ईन्जिनियर  ६, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, कार्टोग्राफर, रिसर्च अधिकृत, डकुमेण्टेशन अफिसर र सिनियर सर्भेयर ६ गरी जम्मा अधिकृत स्तरको प्राविधिक जनशक्तिहरु ८८ व्यवस्था गरिएको छ ।    

कार्य विवरण :

१. योजना, मूल्याङ्कन तथा सूचना– पञ्चवर्षिय योजना, वार्षिक कार्यक्रम तथा बजेटको तयारी, कार्यक्रम संचालन तथा मूल्यांकन, प्रगति प्रतिवेदन तथा सूचना प्रबाह र संकलन गर्ने ।

२. जियोलोजिकल म्यापिङ्ग– भौगर्भिक तथ्याङ्क संकलन तथा भौगर्भिक नक्सा प्रकाशन ।

३. रिमोट सेन्सिङ्ग– दूर संवेदन प्रविधि तथा न्क्ष्क् प्रविधिको उपयोगवाट भौगर्भिक सर्भेक्षण तथा जियोहेजार्ड नक्सा   प्रकाशन गर्ने ।

४. पेट्रोलोजि मिनरोलोजि– चट्टान तथा खनिजका नमूनाहरुको थिन सेक्सन तथा पोलिष्ड सेक्सन बनाई परिक्षण गर्ने।

५. इन्जिनियरिङ्ग जियोलोजि– व्यवस्थित शहरी विकासको लागि इन्जिनियरिङ्ग जियोलोजिकल अध्ययन गर्ने ।

६. इन्भारोमेन्टल तथा अर्वन जियोलोजि– व्यवस्थित शहरी विकास तथा फोहर मैला व्यवस्थापन को लागि अध्ययन, अनुसन्धान तथा प्रतिवेदन तयार गर्ने ।

७. जियोटेक्निकल ल्याब– फिल्डवाट संकलित चट्टानको नमूनाहरुको जियोटेक्निकल तथा इन्जिनियरिङ्ग गुणहरुको परिक्षण गर्ने ।

८. एक्सप्लोरेसन डाटा एक्विजिसन– पेट्रोलियम अन्वेषण कार्यको लागि भू–भौतिक एसोम्याग्नेटिक साइस्मिक तथा ग्राभीटी सर्भेक्षण सम्बन्धि कार्य गर्ने ।

९. डाटाइन्टरप्रेटेसन तथा डकुमेण्टेसन– भौगर्भिक, भू–भौतिक तथा भू–रसायनिक अनुसन्धान कार्यवाट प्राप्त डाटाहरुको इन्टरप्रिटेसन तथा डकुमेन्टेसन गर्ने ।

१०. पेट्रोलियम आर्थिक अध्ययन तथा प्रबर्धन– पेट्रोलियम भण्डारको आर्थिक अध्ययन तथा प्रवद्र्धन कार्य गर्ने ।

११. भू–भौतिक तथा भू–रसायनिक– भू–भौतिक तथा भू–रसायनिक अध्ययनवाट खनिज श्रोतको अन्वेषण कार्य गर्ने ।

१२. धातु खनिज अन्वेषण– धातु खनिजको अध्ययन अनुसन्धान गर्ने ।

१३. अधातु खनिज अन्वेषण– अधातु खनिजको अध्ययन तथा अनुसन्धान गर्ने ।

१४. प्राकृतिक ग्याँस तथा कोइला– कोइला तथा प्राकृतिक ग्याँसको अध्ययन तथा अनुसन्धान गर्ने ।

१५. खनिज भण्डार मूल्याङ्कन– अन्वेषण कार्यवाट पत्ता लागेको अधातु र धातु खनिज भण्डारको परिमाण तथा गुणको मूल्याङ्ककन गर्ने ।

१६. खनिज आर्थिक अध्ययन तथा प्रबर्धन– पत्ता लागेका खनिज भण्डारको प्राविधिक, आर्थिक, अध्ययनको अधारमा डाटा प्याकेज तयार गरी उद्योग प्रबद्र्धन सम्बन्धि कार्य गर्ने ।

१७. खनिज प्रशोधन– धातु र अधातु खनिजको प्रसोधन तथा विनिफिसियसन गर्ने ।

१८. खानि अनुमती– खनिज कार्यको लागि खोजतलास तथा उत्खनन्को अनुमतिपत्र प्रदान गर्ने ।

१९. अनुगमन तथा विवाद सामाधान– संचालनमा रहेका खानीहरुको प्राविधिक तथा वातावरणीय विवादको समाधानको तथा खानीहरुको अनुगमन र निरिक्षण गर्ने ।

२०. कार्टोग्राफी तथा सर्भे– खनिज अनुसन्धान भएको क्षेत्रको नक्सा ट्रेसिङ्ग तथा नक्साको  एमोनिया प्रिन्ट गर्ने ।

२१. ड्रिलिङ्ग तथा एक्सप्लेरिटरी माइनिङ्ग– खानिज भण्डारको परिमाण यकिन गर्न ड्रिलिङ्ग कार्य गर्ने ।

२२. कन्भेन्सनल एनालाइसिस– प्रचलित तरिकावाट धाउ, चट्टान र खनिज पदार्थमा रहेको तत्वहरुको गुणात्मक र परिमाणात्मक परिक्षण, विश्लेषण कार्य गर्ने ।

   २३. ट्रेस इलिमेन्ट एनालाइसिस– जियोकेमिकल नमूनाहरु जस्तै पानी, माटो, क्तचभबm कभमष्mबलतक आदिको गुणात्मक र परिमाणात्मक परिक्षण, विश्लेषण कार्य गर्ने ।

२४. स्याम्पल प्रिपेरेसन तथा स्टोर– विभिन्न फिल्ड कार्यवाट सम्पन्न भएका नमूनाहरुको रसायनिक परिक्षणको लागि स्याम्पल प्रिपरेसन गर्ने तथा सो नमूनाहरुको व्यवस्थित रुपमा संकलन गर्ने ।

२५. सामान्य प्रशासन– विभागीय प्रशासन सम्बन्धी कार्य गर्ने ।

२६. राष्ट्रिय भूकम्प मापन केन्द्र– साइस्मिक स्टेसन, न्एक् स्टेसनको संचालन, डाटा संकलन तथा प्रसोधन कार्य गर्ने।

 

(घ) ऐन, नियम, विनियम, निर्देशिकाको सूची :

१) खानी तथा खनिज पदार्थ ऐन, २०४२ (पहिलो संसोधन २०५०)

२) खानी तथा खनिज पदार्थ नियमावली, २०५६ (पहिलो संसोधन २०६०)

३) खनिज सर्भेक्षण ( भत्ता तथा सुविधा) नियमहरु, २०२४ (पहिलो संसोधन २०६०)

४) नेपाल पेट्रेलियम ऐन, २०४०

५) पेट्रेलियम निमावली, २०४१ ( दोश्रो संसोधन २०५१)

६) पेट्रेलियम अन्वेषण आयकर नियमावली, २०४१

७) खानी तथा भूगर्भ विभागको कार्यविधि, २०६७