कन्भेसनल एनलाइसिस शाखा
कन्भेसनल एनालाइसिस शाखा
यो शाखा विभागको दैनिक कार्यक्षेत्रमा खनिज पदार्थको अन्वेषण एवम् अनुसन्धानका लागि संचालनमा रहेका छन् । खनिज उद्योगको प्रवद्र्धन र विकासका लागि यस शाखाबाट सरकारी तथा निजी स्तरका लागि तोकिए बमोजिमको शुल्क लिई रसायनिक बिश्लेषण सेवा प्रदान गरिन्छ । विभागको कार्यबोझ तथा उपलव्ध श्रोत र साधनका आधारमा मात्र सर्वसाधारणलाई यो सेवा दिन सकिन्छ । यो शाखाले मुख्यतया कन्भेसनल विधि (Gravimetric/Volumetric Method) अबलम्बन गरी बिभिन्न खनिज तथा खनिजजन्य धातु तथा अधातु नमूनाहरुको रासायनिक बिश्लेषण कार्य गर्दछ ।
यस कन्भेसनल एनालाइसिस शाखाबाट प्रदान गरिने रासायनिक परीक्षण सेवाहरुः
१. चुनढुंगा, डोलोमाईट, म्याग्नेसाईट खनिजको बिस्तृत परीक्षण
२. सिलिकेट चटृान परीक्षण
३. फलामे धातुका चटृान परीक्षण
४. फोस्फोरस खनिजको परीक्षण
५. कोइला परीक्षण बिश्लेषण
प्राप्त धाउ तथा चटृानका नमूनाहरुमा तत्वहरुको गुणात्मक तथा परिमाणात्मक विश्लेषण कार्यहरु गर्ने गर्दछ ।