नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

इन्जिनियरिङ भूवैज्ञानिक सेक्सन


इन्जिनियरिङ्ग जियोलोजी शाखा

परिचय

खानी तथा भूगर्भ विभागको भू- विज्ञान महाशाखा अन्तर्गत रहेको इन्जिनियरिङ्ग जियोलोजी शाखाले नेपालको जनघनत्व बढिरहेका शहरहरूको भू- इन्जिनियरिङ्ग सर्वेक्षण गरी ब्यवस्थित शहर विकाश गर्न भू-इन्जिनियरिङ्ग तथा भू-वातावरणीय नक्सा तयार गरि प्रकाशनमा ल्याउने काम गर्छ्। उक्त नक्शा भूगर्भविद, योजनाकार साथै इन्जिनियरहरुको लागि पनि अत्यन्त उपयोगी रहेको छ।

यस शाखाको मुख्य कार्य यसप्रकार रहेका छन्।

  • नेपालका विभिन्न स्थानहरु बिशेस गरि जनघनत्व बढिरहेका शहरहरूको भू- इन्जिनियरिङ्ग सर्वेक्षण गरी ब्यवस्थित शहर विकाश गर्न भू-इन्जिनियरिङ्ग नक्सा तयार गरि प्रकाशन गर्ने ।
  • जियोटेक्निकल ल्याव अन्तरगत माटो तथा ढुंङ्गाको जियोटेक्निकल गुणहरूको विश्लेशन गर्ने ।

 

अबस्थिति

यस शाखाले देशका बिभिन्न स्थानहरुको भू इन्जिनियरिङ्ग सर्वेक्षण गरि भू इन्जिनियरिङ्ग तथा भू-वातावरणीय नक्साहरू प्रकाशन गर्दै आइरहेको छ। हाल सम्म काठमाण्डौं, पोखरा, बुटवल, धरान, भैरहवा, विरेन्द्रनगर सर्खेत, नेपालगन्ज, विराटनगर, महेन्द्रनगर,धनगढी, जनकपुर, भरतपुर, हेटौंडा, नुवाकोट, बिरगञ्ज, जलेश्वर, सिन्धुली, दमक, दमौली गरि १९ वटा शहरहरुको इन्जिनियरिङ्ग सर्वेक्षण सम्पन्न भइसकेको छ। उक्त नक्शामा भू- इन्जिनियरिङ्गर भू-वातावरणीय सर्वेक्षण गर्दा स्थलगत अध्धयन बाट संकलन गरिएका साथै  जियोटेक्निकल प्रयोगशालाबाट निस्किएका नतिजाहरु समाबेश गरिएको हुन्छ।भू- इन्जिनियरिङ्ग सर्वेक्षण बाट चट्टान र माटोको अबस्थिति, , माटोको भारबहन क्षमता, भूकम्पको समयमा सम्भाबित लिक्युफ्याक्सन हुने स्थान तथा भू-वातावरणीय सर्वेक्षण बाट भू-क्षय, डुवान हुने स्थान, फोहोर ब्यबस्थापनको लागि उपयुक्त स्थान जस्ता कुराहरुको जानकारी प्राप्त हुन्छ। ।यस नक्साको उपयोग गरी जमीनको भारवहन क्षमता, जमीनमुनिको पानीको तह, भूम्कपीयतरङ्गहरुले पार्न सक्ने प्रभाव आदिको उचित लेखाजोखा गरि सुरक्षित वस्तीको विकास गर्न  सकिन्छ। हालसम्म काठमाण्डौं, पोखरा, बुटवल, धरान, भैरहवा विरेन्द्रनगर, महेन्द्रनगर, जनकपुर भरतपुर र सर्खेतको भू इन्जिनियरिङ्ग तथा भू-वातावरणीय नक्साहरू प्रकाशन समेत भैसकेको छ भने को यसै आर्थिक वर्षमा प्रकाशन हुदैछ। प्रकाशन भएका नक्साहरू यस विभागवाट तोकिएको राजस्व बुझाइ प्राप्त गर्न सकिन्छ्।

हालसम्म प्रकाशित भएका भू-इन्जिनियरिङ्ग तथा भू-वातावरणीय नक्शा

क्र. स.

कोड न

नक्शा शिर्षक

स्केल

प्रकशित मिति

ENG1

काठमाडौं उपत्यका को भू-इन्जिनियरिङ्गतथा भू-वातावरणीय नक्शा (Engineering and Environmental Geological Map of Kathmandu Valley )

१:५०,०००

१९९८

ENG2

पोखराउपत्यका को भू-इन्जिनियरिङ्ग तथा भू-वातावरणीय नक्शा (Engineering and Environmental Geological Map of Pokhara Valley)

१:५०,०००

१९९८

ENG3

बुटवल क्षेत्रको भू-इन्जिनियरिङ्ग तथा भू-वातावरणीय नक्शा (Engineering and Environmental Geological Map of Butwal Area )

१:२५,०००

२००८

ENG4

 धरान क्षेत्रको भू-इन्जिनियरिङ्ग तथा भू-वातावरणीय नक्शा Engineering and Environmental Geological Map of Dharan Area )

१:२५,०००

२००९

ENG5

 भैरहवा क्षेत्रको भू-इन्जिनियरिङ्गतथा भू-वातावरणीय नक्शा (Engineering and Environmental Geological Map of Bhairahawa Area )

१:२५,०००

 

ENG6

 विरेन्द्रनगर (सुर्खेत) क्षेत्रको भू-इन्जिनियरिङ्ग तथा भू-वातावरणीय नक्शा (Engineering and Environmental Geological Map of Birendranagar, Surkhet Area) 

१:२५,०००

 

 

महेन्द्रनगर क्षेत्रको भू-इन्जिनियरिङ्ग तथा भू-वातावरणीय नक्शा (Engineering and Environmental Geological Map of Mahendranagar) 

१:२५,०००

२०१९

 

जनकपुर क्षेत्रको भू-इन्जिनियरिङ्ग तथा भू-वातावरणीय नक्शा (Engineering and Environmental Geological Map of Janakpur) 

१:२५,०००

२०१९

 

भरतपुर क्षेत्रको भू-इन्जिनियरिङ्ग तथा भू-वातावरणीय नक्शा (Engineering and Environmental Geological Map of Bharatpur) 

१:२५,०००

२०१९

 भावी कार्ययोजना

 यस शाखाले भू- इन्जिनियरिङ्ग तथा भू-वातावरणीय सर्वेक्षण गरेका शहरहरु मध्ये वीरगन्ज, जलेश्वर र नुवाकोटको नक्शा यसै आर्थिक वर्षमा प्रकाशन गर्ने प्रक्रियामा रहेको छ। साथै सिन्धुलीको पनि भू- इन्जिनियरिङ्ग तथा भू-वातावरणीय सर्वेक्षण भैसकेको छ।

यस आ.ब. २०७६।०७७ मा दमक, र दमौली गरी दुइ शहरहरुको भू- इन्जिनियरिङ्ग तथा भू-वातावरणीय सर्वेक्षण फिल्ड कार्य सम्पन्न भएको छ ।

साथै यस शाखाले सदाझै भविष्यमा पनि संघिय संरचना अनुसारको प्रत्येक प्रदेशका द्रुत गतिमा विकाश भैरहेका शहरहरुको  भू-इन्जिनियरिङ्ग सर्वेक्षण गरी सुरक्षित वस्ति विकासको लागि उपयोगी भू- इन्जिनियरिङ्ग तथा भू-वातावरणीय नक्शा तयार गर्ने योजना रहेको छ।