नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

भु वैज्ञानिक म्यापिङ सेक्सन


 भु वैज्ञानिक म्यापिङ सेक्सन

भौगर्भिक नक्शाङ्कन शाखा
भू–विज्ञान महाशाखा अन्तर्गत रहेको यस शाखाको मुख्य काम देशका विभिन्न भागहरुको भौगर्भिक नक्शा तयार गर्नु हो । यस शाखाले देशका विभिन्न भागहरुको भौगर्भिक नक्शा तयार गरेको छ । यस शाखाबाट प्रकाशित नक्शाहरुको आधारमा देशका विभिन्न क्षेत्रको भौतिक संरचना तथा विकास निर्माणका कार्यमा टेवा पुगेको छ । हाइड्रोपावर, बस्ती निर्माण, सुरुङ मार्ग तथा अन्य ईन्जिनियरिङ कार्यमा भौगर्भिक नक्शाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । भौगर्भिक नक्शाको आधारमा नै विभिन्न खनिज पदार्थको खोजतलास तथा अन्वेषणमा सहयोग पु¥याउनुको साथै सम्भावित जोखिमको पहिचान गर्न मदत पुग्दछ ।
यस शाखाका उद्देश्यहरु निम्न रहेका छन्।
१. नेपालका विभिन्न भागहरुको भौगर्भिक नक्शाङ्कन गर्नु ।
२. नेपालको भू–बैज्ञानिक अनुसन्धान गर्नु ।
३. भौगर्भिक सूचनाहरु प्रकाशित गर्नु ।
यस शाखावाट हालसम्म प्रकाशित नक्शाहरुः