नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

भू-भौतिक तथा भू-रसायनिक शाखा

परिचयः-

भू-विज्ञान महाशाखा अन्तर्गत रहेको यस भू-भौतिक तथा भू-रसायनिक शाखाले विभिन्न भौतिक उपकरणहरु (साइस्मिक, इलेक्ट्रिकल, म्याग्नेटिक आदि ) को प्रयोग गरी, भौगर्भिक सर्भेक्षण तथा खनिज अन्वेषण कार्यमा खटिएको टोलिले पहिचान गरेका तथा सम्भाव्य खनिज भण्डारहरुको भू-भौतिक तथा भू-रसायनिक अध्ययन गर्ने कार्य गर्दछ । विशेषगरी अत्याधुनिक भौतिक उपकरणहरुको प्रयोग गरी, सतहमा नदेखिएका, खनिजको सम्भावना भएका ठाऊहरुको पहिचान गरी आवश्यक तथ्याङ्क उपलब्ध गराउनु यस शाखाको कार्य हो। यसका अलवा भू-भौतिक उपकरणहरु  को प्रयोग गरी जटिल प्रकृतिको पहिरो लगाएत भू-इन्जिनियरिङग सम्बन्धि अध्ययन अनुसन्धान गर्नु यस शाखाको कार्य रहेको छ ।

भू-भौतिक तथा भू-रसायनिक शाखाका मुख्य उद्देश्यहरुः-

  •  विभिन्न भू-भौतिक तथा भू-रसायनिक विधि तथा उपकरण हरुको प्रयोग गरी, खनिज अन्वेषण कार्य सन्चालन गर्ने।
  • सतहमा नदेखिएका, जमिन मुनि हुनसक्ने सम्भाबित खनिजको अबस्थिति आँकलन गर्ने ।
  • पूर्वाधार विकासको लागि आवश्यक सुचनाहरु (soil depth, soil type, ground water level, ground natural period, seismic vulnerability index, shear wave velocity) आँकलन गर्ने ।
  • ड्रोन सर्वेक्षण मार्फत, भू-विज्ञानका विभिन्न विषयहरुको अध्ययन अनुसन्धानको लागि उच्च resolution भएको डिजिटल एलिभेसन नक्शाको तयारी गर्ने।

 भू-भौतिक उपकरणहरू संक्षिप्त विवरणः-

a)     WCZ-3 Proton Magnetometer: -WCZ-3 Proton Magnetometer पूर्ण जीपीएस नेभिगेसन क्षमता भएको डिजिटल प्रोटोन म्याग्नेटोमिटरको नयाँ पुस्ता हो। यो उपकरण म्याग्नेटिक गुण भएका खनिज पदार्थ खोजतलास (फलाम, लिड-जिंक खानी, तामा खानी), engineering prospecting (tracing buried pipeline) आदिको लागि प्रयोग गरिन्छ ।

b)     Electrical Resistivity and IP Imaging SystemGD 10 सुप्रीम उपकरणको प्रयोग गरि जमिन मुनि रहेका पदार्थको Electrical Resistivity Tomography (ERT), Induced Polarization (IP), Spontaneous Potential मापन गर्न सकिन्छ । यसको प्रयोगबाट 2D तथा 3D प्रोफाइलमा पनि सर्भे सन्चालन गर्न सकिन्छ ।  फलाम खोजतलास कार्यको लागि नवलपुरको धौवादिमा GD 10 सुप्रीम उपकरणको प्रयोग गरि गरिएको सर्भे । कपर खनिज खोजतलास कार्यको लागि तनहुँको आँबुखैरनीमा गरिएको 2D- Electrical Resistivity Tomography (ERT)  सर्भेको Schlumberger array मा लिइएको  resistivity inversion image. 

c)     GPR survey: -Ground Penetration Radar (GPR) एक आधुनिक प्रविधि हो । यसमा प्रयोग गरिने विशिष्ट फ्रिक्वेन्सीको आधारमा इलेक्ट्रोमैग्नेटिक तरङ्गहरु भू-सतह मुनि पठाइ, जमिन मुनिको अवस्थाको बारेमा   विभिन्न प्रकारको अध्ययनमा यसको प्रयोग गरिन्छ । विभागमा मा रहेको GPR सेटमा 100 मेगाहर्ट्ज ट्रान्समिटिंग फ्रिक्वेन्सी भएकोले, यसको प्रयोग प्राय, रिजोलुसन कम भए पनि बढि गहिराइ सम्मको सुचना सङ्कलन गर्न गरिन्छ ।

d)    Drone survey: -ड्रोन सर्वेक्षण उच्च रिजोलुसन युक्त  डिजिटल एलिभेसन नक्शाको विकास गर्ने सस्तो,  अत्याधुनिक तथा उपयुक्त प्रविधि हो । यी नक्शा भू-विज्ञानका विभिन्न विधाहरुको अध्ययन अनुसन्धान लागि प्रयोग गरिन्छ, जस्तै Landslide study, Neo-tectonic study, land used planning तथा अन्य विभिन्न अनुशन्धानमुलक  कार्यमा प्रयोग गरिन्छ ।

e)     Microtremor survey: -माइक्रोटेमोर सर्वेक्षण विधि पनि नयाँ विकसित प्रविधि हो । यसको प्रयोगबाट सतह मुनि रहेको माटोका पत्रहरुको मोटाइ, shear wave velocity, ground natural period, wave amplification factor, seismic vulnerability index  आदि पारामिटरहरु निकालिन्छ,  जुन parameter  हरु building design, site selection, seismic hazard assessment आदि कार्यको लागि प्रयोग गरिन्छ ।