नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

खनिज अन्वेषण शाखा

खनिज अन्वेषण शाखाले उपलब्ध स्रोत साधन तथा नविनतम् प्रविधिको प्रयोग गरि देशमा रहेका विभिन्न अधातु तथा धातु खनिज भण्डारको अन्वेषण, विकास र प्रवर्धन कार्य गर्ने  साथै खनिज भण्डारको औचित्य  पुस्ट्याइ गरि विभिन्न चरणका अन्वेषण कार्य प्रारम्भिक देखि विस्तृत भौगर्भिक अन्वेषण गर्ने रहेको छ। खनिज अन्वेषण कार्य अन्तर्गत भौगर्भिक नक्शाङ्कन, भू-भौतिक अन्वेषण, भू-रसायनिक अन्वेषण, ड्रिलिङ्ग, विभिन्न प्रकारका नमुना संकलन कार्य ( grab/chip/channel/bulk/core), भण्डार मुल्याङ्कन, वातवरणिय अध्ययन आदि रहेका छन।

 धातु खनिज अन्वेषण शाखाको कार्य विवरण

  • धातु तथा अधातु खनिज सम्बन्धि बिभिन्न प्रकारका अन्वेषण कार्य गरी खनिजको पहिचान गर्ने ।
  • पहिचान हुन आएका खनिजको थप बिस्तृत भौगर्भिक अनुसन्धान गरी परिमाण, गुण यकिन गर्न चरणबद्ध कार्यक्रम संचालन गर्ने ।
  • खनिज अनुसन्धान कार्यमा नबिनतम प्रबिधि प्रयोग गरी खनिजको अवस्थाका सम्बन्धमा विभिन्न नक्सा प्रतिवेदन आदि प्रकाशन गर्न आवश्यक व्यवस्था गर्ने ।
  • आवधिक योजना तथा कार्यक्रम तर्जुमा गर्ने तथा फिल्ड कार्यको समीक्षा लगायत फिल्ड प्रतिवेदनहरु सम्पादन गर्ने ।
  • स्वीकृत आवधिक योजनाको लागि तय गरिएका कार्यक्रमहरुको आधारमा योजना, कार्यक्रम तथा सूचना शाखासंग समन्वय गरी प्रत्येक आर्थिक वर्षको वार्षिक कार्यक्रम तय गरिन्छ ।