नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

नेपालको विभिन्न क्षेत्रमा छरिएर रहेको धातु तथा अधातु, किमति तथा अर्ध किमति खनिजहरूको विस्तृत अध्ययन भई खनिज भण्डार, बजार, भौगोलिक अवस्थिति, पूर्वाधार तथा आर्थिक र वातावरणीय पक्ष समेत हेरी खनिज भण्डार प्रबर्धन गर्ने कार्य यस केन्द्रबाट हुने गर्दछ । उल्लेखित कार्यहरू सम्पादन गर्न, खनिज प्रशोधन तथा विश्लेषण गर्न आवश्यक  प्रयोगशालाको सेवा समेत उपलब्ध छ । खनिजको प्रकृति, गुणस्तरीय सेवा र प्राविधिक विज्ञताको आधारमा खानी तथा भूगर्भ विभागबाट यस कार्यलाई थप व्यवस्थित गर्न रा.प.प्रथम श्रेणी प्राविधिक (सुपरिटेन्डेण्ट माइनिङ्ग इञ्जिनियर) को मातहतमा अन्य प्राविधिक विज्ञ रहने गरी यस केन्द्रको व्यवस्था गरिएको छ । शाखाहरूको प्रमुखमा जियोलोजि तथा मेटालर्जिकल इन्जिनियरिङ्ग विधाका प्राविधिकहरू (रा.प.द्वि.प्रा.) रहने व्यवस्था छ ।

केन्द्रका उद्देश्यहरूः
  • खनिज सम्पदाको विस्तृत मूल्यांकन, सम्भाव्यता (आर्थिक तथा प्रावधिक र वातावरणीय) अध्ययन र प्रवद्र्धन गर्ने ।

  • अन्वेषण र अनुसन्धानबाट सम्भाव्य, अर्ध प्रमाणित तथा प्रमाणित खनिज भण्डारको खनिजमा आधारित उद्योग प्रवद्र्धन गर्ने ।

  • किमति तथा अर्ध किमति पत्थरको प्रवद्र्धन/मूल्य अभिवृद्धि गर्ने ।

  • जेमोलोजि, मिनरलोजि र पेट्रोलोजि प्रयोगशाला सेवा उपलब्ध गराउने ।

  • स्वदेशमा नै खनिज प्रशोधन गर्न आवश्यक उपकरण, प्रविधि एवं दक्ष जनशक्ति व्यवस्थापन गर्ने ।

केन्द्रका कार्यहरुः
  • उपयुक्त माइनिङ्ग, मिनरल र मेटालर्जिकल प्रविधि अपनाई खनिजको विकास गर्न सोको मूल्याङ्कन संम्भाव्यता अध्ययन आदि गर्ने ।

  • खानी विकास एवं खनिज प्रवद्र्धन गर्न प्रविधिहरूको प्रचार प्रसार गर्ने ।

  • खनिज प्रशोधनको लागि चाहिने प्रयोगशाला, प्रविधिको अध्ययन, अनुसन्धान र छनौट गर्ने गराउने ।

  • खनिज तथा खनिजजन्य उद्योगहरुको प्राविधिक तथा वातावरणीय अनुगमन गर्ने ।

  • खानी तथा खनिजको मुल्याङ्कनको आधारमा अन्य पक्षहरू समेत हेरी पूर्वाधार विकासमा सिफारिश गर्ने ।

  • संघ, प्रदेश र स्थानीयस्तरमा जेमोलोजी सम्बन्धी तालिम गोष्ठी गरी प्रवद्र्धनात्मक कार्य गर्ने ।

  • खानी र खनिजजन्य उद्योग सम्बन्धमा र खनिज प्रशोधन सम्बन्धी नीति र कानून तर्जुमा गर्ने ।

  • खास खनिज सम्बन्धी कार्यहरूको वार्षिक कार्यक्रम अनुसार प्रवद्र्धन गर्ने,अनुगमन र अन्य सम्बन्धित कार्यहरू गर्ने ।

यस केन्द्र अन्तर्गत 4 वटा शाखाहरू छन् ।

क) खनिज भण्डार मुल्याङ्कन शाखा

ख) खनिज आर्थिक अध्ययन तथा प्रबद्र्धन शाखा

ग) खनिज प्रशोधन प्रयोगशाला शाखा

घ) मिनरलोजी तथा जेमोलोजी शाखा