उद्देश्य
(क) खानी तथा खनिजजन्य पदार्थको अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्ने गराउने ।
(ख) खानीहरुको नियमन, प्रशासन तथा प्रवर्धन गर्ने गराउने ।
(ग) खानी तथा खनिजजन्य पदार्थ सम्बन्धि नीति तथा कानून तर्जुमा गर्ने गराउने ।
कार्य
(क) खनिज सम्बन्धी अन्वेषण तथा अनुसन्धान गर्ने गराउने ।
(ख) खनिज सम्पदाको प्रवर्धन गर्न विस्तृत सम्भाव्यता अध्ययन, उत्खनन् तथा विकास गर्ने गराउने ।
(ग) मिनरल इन्भेन्ट्रि म्याप र क्याटालग अध्यावधिक गरी सूचना प्रवाह गर्ने गराउने ।
(घ) खानी तथा खनिज पदार्थ ऐन, 2042 तथा खानी तथा खनिज पदार्थ नियमावली, 2056 (संशोधन सहित) को प्रशासन गर्ने ।
यस महाशाखा अन्तर्गत 5 वटा शाखाहरु छन् ।
- खनिज अन्वेषण शाखा
- ड्रिलिङ्ग तथा एक्सप्लोरेटोरी माइनिङ्ग शाखा
- प्राकृतिक ग्याँस शाखा
- खानी अनुमति तथा प्रशासन शाखा
- खानी अनुगमन शाखा