नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

मिनरलोजी तथा जेमोलोजी शाखा

मिनरलोजी तथा जेमोलोजी शाखाका कार्यहरुः

  • संकलित विभिन्न खनिज तथा चट्टानको स्याम्पललाई संग्राहलयमा राख्न व्यवस्था मिलाउने ।
  • खनिज तथा चटृानका नमूनाको पेट्रोलोजिकल तथा मिनरलोजिकल परिक्षण सेवा प्रदान गर्ने ।
  • किमति तथा अर्ध किमति पत्थरको मूल्य अभिवृद्धि गराउन प्रयोगशालाको सेवा प्रदान गर्ने ।
  • खनिजको मूल्य अभिवृद्धि गराउन जनशक्ति विकास र प्रबिधि विस्तारमा प्रबन्ध मिलाउने ।

यस शाखा अन्तर्गत 1 मिनरोलजिकल तथा जेमोलोजी प्रयोगशाला र 1 जियोलजिकल सङ्ग्राहलय रहेको छ ।

 

खनिज पदार्थ निकासी (खनिज कार्य गर्ने वाहेकको हकमा) सिफारिस गर्ने व्यबस्था सम्बन्धमा ।

  • रक तथा सेडिमेन्ट स्याम्पलहरु अध्ययन, अनुसन्धान कार्यको लागि विदेश निकासीको लागि सिफारिस प्राप्त गर्नको लागि सेवाग्राहीले रु 10 को टिकट टांस गरि तपसिल बमोजिमका कागजात तथा विवरण सहित महानिर्देशक समक्ष निवेदन पेश गर्नु पर्ने हुन्छ।
  • उक्त निकासी शैक्षिक तथा अनुसन्धान प्रयोजनका लागि मात्र हुनु पर्ने छ ।निवेदनमा अनुसन्धानको आवश्यकता, उदेश्य र विदेश निकासी गर्नुको कारण समेत स्पष्ट हुनु पर्नेछ ।
  • नेपालको कुनैपनि मान्यताप्राप्त प्रतिष्ठित विश्वविध्यालय र विदेशको सम्बन्धित संस्था (रिसर्च ईन्सिच्युट तथा ल्याब) को अध्ययन अनुमतिपत्र् /निबेदन
  • यस्तो ब्यक्ति विदेशी भएमा निजको राहदानीको प्रतिलिपि संलग्न गर्नु पर्छ ।
  • खानी तथा भूगर्भ विभाग वा कुनै मान्यताप्राप्त विश्चविध्यालयसंगको MOU समेत पेश गर्नु पर्ने। यसरी निवेदन प्राप्त भएमा सेवाग्राहीलाई रु. 5000।–को सिफारिस दस्तुर दाखिला गराई बिभागबाट सिफारिस प्रदान गरिने छ ।
  • प्रक्रिया पुरा भई आएका नमुना प्राप्त भएको भोलीपल्टसम्म सेवा उपलब्ध गराईने छ ।