नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

परिचय

भूकम्प एक भौगर्भिक प्रक्रिया हो जसलाई रोक्न तथा हालसम्मको अध्ययन अनुसन्धानवाट यसको भबिष्यवाणी गर्न भूवैज्ञानिकहरु सफल भएका छैनन् । टेक्टोनिक प्लेटहरुबीचको अन्तरसंघर्षको कारणले भूकम्पहरु जाने गर्दछन् । स–साना भूकम्प हरेक दिन जाने गरेका छन् भने ठूला भूकम्प केही बर्षको अन्तरालमा जाने गर्दछन् । हरेक दिन जाने साना भूकम्पहरुले सञ्चित उर्जा निसृत गर्न सक्दैनन् त्यसैले वेलावेलामा ठूला र बिनासकारी भूकम्पहरु जाने गर्दछन् । विगतमा हिमालय क्षेत्रमा ठूला ठूला भूकम्पहरु गई सकेकाछन् । सन् 1897 मा भारतको आसाम, सन् 1905 मा भारतको कांगरा, सन् 1934 मा नेपाल विहारको सिमाना र सन् 1950 मा पुनः भारतको आसाममा गएका पछिल्ला अन्तर महादेशीय महाभूकम्पहरु हुन् ।

अध्ययन अनुसन्धानवाट हेर्दा विगत करिव 500 वर्ष देखि पश्चिम नेपालमा (गोरखा देखि पश्चिम देहरादुन सम्म) ठूला तथा महाभूकम्पहरु गएका छैनन् । त्यसैले यो हिमाली क्षेत्रमा महाभूकम्प जान सक्ने शक्ति संचित भएको वुझ्न सकिन्छ यद्यपी त्यो शक्ति एउटा महाभूकम्प गएर वा केहि ठूला भूकम्पहरु गएर निसृत हुन्छ यसै भन्न सकिदैन । तथापी यो क्षेत्र अर्को महाभूकम्प वा ठूला भूकम्पको खतरामा छ भन्ने अनुमान गर्न सकिन्छ ।

नेपालमा विभिन्न बिधि तथा माध्यमबाट गरिएका अध्ययन अनुसन्धानहरुले आधुनिक यन्त्र आउनुपूर्ब समेत ठूला ठूला बिनासकारी भूकम्प गएको पत्ता लागेको छ । यस्ता अध्ययनहरुले सन् 1100 यता गएका बिनासकारी भूकम्पहरुको राम्रो तथ्यांक उपलब्ध गराएका छन् । इन्डियन र यूरेशियन प्लेटबिचको अन्तरसंघर्ष करोडौँ बर्ष पहिले सूरु भएको भएतापनि यो क्रम जारी रहेकोले नेपालमा भबिष्यमा पनि बिनासकारी भूकम्प जानसक्ने सम्भावना यथावत रहेको छ .

नेपालमा बिनासकारी भूकम्प जाने कारण

पश्चिममा अफगानिस्तान देखि पूर्वमा म्यानमार (वर्मा) सम्मको करिव 2500 कि.मि. लामो सकृय हिमश्रृंखलाको मध्य भागको करिव 800 कि.मि. (एक तिहाई) भाग नेपाल हिमालयले ओगटेको छ । टेक्टोनिक प्लेटहरुबिचको टकराव र उर्जा सञ्चिती र समय समयमा बिनासकारी भूकम्पको माध्यमबाट हुने बिसर्जनको कारणले नेपाल हिमालय भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रमा परेको मानिन्छ ।

नेपालमा प्रत्येक वर्ष साधारणतया 4 म्याग्नेच्युड सम्मका हजारौ भूकम्पहरु जान्छन् । यति धेरै भूकम्पहरुले पनि इण्डियन प्लेट उत्तरतिर धकेलिदा भूपटलमा संचित हुने शक्तिलाई पूर्णरुपमा विसर्जन गर्न सक्दैनन् । सञ्चित उर्जा बिसर्जन महाभूकम्पहरुले मात्र गर्न सक्दछन् यद्यपी एउटै महाभूकम्पले नेपालको पूर्बदेखि पश्चिम सम्म सञ्चित उर्जा पूर्ण रुपमा बिसर्जन गर्न भने सक्तैन । सन् 2015 मा गएको विनासकारी गोरखा भूकम्पले नेपालको मध्यभागमा करिव 200 बर्षदेखि सञ्चित उर्जा बिसर्जन गरेको हुँदा उक्त क्षेत्रमा तत्काल त्यस्तै म्याग्नेच्यूडको भूकम्प जाने सम्भावना कम भएता पनि उक्त क्षेत्रको पश्चिम र पूर्ब तर्फ दवाब बढेको हुनसक्छ ।

नेपालमा भूकम्पको अध्ययनको इतिहास

भूकम्पको भविष्यवाणी गर्नसक्ने प्रबिधि हालसम्म बिश्वमा उपलब्ध भइसकेको छैन तर भबिष्यवाणीको लागि विश्वभर गहन अध्ययन अनुसन्धानहरु भइरहेका छन् । भूकम्प सम्वन्धि अध्ययन अनुसन्धान गर्ने उद्देश्यले करिव 4 दशक अघि सन् 1978 को अक्टोवरमा फ्रान्स सरकार र नेपाल सरकार वीच एक सम्झौता भयो । सोही वमोजिम खानी तथा भूगर्भ विभाग र ल्यावरोटोरी द जियोफिजिक, फ्रान्सको संयुक्त संलग्नतामा सन् 1978 मा ललितपुर जिल्लाको फूलचोकी डाँडामा एउटा भूकम्प मापन स्टेशन स्थापनागरी भूकम्प मापन तथा भूकम्प सम्वन्धि अध्ययन कार्यको सुरुवात भएको हो ।

तत्पश्चात समय समयमा भूकम्पको अध्ययन अनुसन्धानको लागि घना स्टेशनहरुको संजाल वनाउने व्रmममा हाल नेपाल भर 42 वटा साइस्मिक,51 वटा जिपिएस तथा 36 वटा एक्सलेरोमेट्रिक स्टेशनहरुको संचालनवाट भूकम्प सम्वन्धि सूचना, भूकम्पीय आँकडा संकलन तथा Crustal Deformationको दर र भूकम्पीय तिव्रता निगरानी गर्ने कार्य भैरहेको छ ।

भूकम्पको रेकर्ड तथा अध्ययन गर्नुपर्ने कारणहरु

भूकम्प विज्ञान एक नविनतम बिज्ञान हो जो अहिले पनि प्रारम्भिक चरणमै छ । बिनासकारी भूकम्पको भबिष्यबाणीको लागि बिश्वभर गहन अध्ययन अनुसन्धानहरु भइरहेता पनि यस्ता भूकम्पहरु केहि बर्षको अन्तरालमा जाने भएकोले यसको भबिष्यबाणी गर्नसक्ने भरपर्दो प्रबिधिको बिकास भइसकेको छैन । यसका साथै विश्वभरमै भूकम्प तथा भूबिस्थापनको अध्ययन भइरहेको छन भने अध्ययन गर्नुपर्ने कारणहरु बुँदागत रुपमा तल प्रस्तुत गरिएको छ ।

1)भूकम्प गएपश्चात यथासिघ्र केन्द्रबिन्दू, मान र भूकम्प गएको समय आदि निर्धारण गरी समयमै सूचना प्रवाह गरी उद्धारकार्यमा सहयोग पु¥याउनका साथै भूकम्पवाट हुने क्षति कम गर्न ।

2) भूकम्पीय जोखिम क्षेत्रहरुमा भूकम्पबाट भविष्यमा हुने क्षति न्यूनिकरण गर्नका लागि भूकम्पीय आंकडामा आधारित Intensity Map, Epicenter Mapतथा भूकम्पीय जोखिम नक्शा तयार गर्न र भूकम्प सम्बेदनशील क्षेत्रको पहिचान गर्न ।

3) भूकम्प प्रतिरोधी भवन तथा भौतिक विकासका पूर्बाधारहरुको निर्माण गर्न आवश्यक भवन निर्माण संहिता तयार तथा परिमार्जन गर्ने कार्यमा योगदान पुर्याउन ।

4) राष्ट्रिय महत्वका सुरक्षित पूर्वाधार निर्माण कार्यको लागि (जस्तै बिद्युत गृह, बाँध, नहर, सडक तथा भवनको निर्माण कार्य गर्दा आवश्यक पर्ने) भूकम्पीय डाटा उपलब्ध गराउन ।

5) GPS Networkसंचालनबाट टेक्टोनिक प्लेटहरुको चाल मापन गरी भूसतहमा हुने संचित शक्ति परिवर्तन तथा भूपटलमा हुने संकुचन (Crustal Deformation), कृयाशील भ्रंस (Active Faults), paleo-seismicityको अध्ययनबाट भूकम्प पैदा गर्न सक्ने भ्रंस (Fault)तथा ठूला भूकम्प पुनरावृत्ति हुनसक्ने समयको अध्ययन गर्न ।

6) भूकम्प उत्पादन गर्न सक्ने भौगर्भिक भ्रंसहरु (Active faults)को पहिचान तथा अध्ययन गर्न र नेपालभर यस्ता भ्रंसहरुको नक्सांकन कार्यलाइ निरन्तरता दिन ।

7) भूकम्पका संभावित पूर्व सूचकहरुको अध्ययन अनुसन्धान तथा बिश्लेषण गर्न ।

8) भूकम्पको भबिष्यवाणी गर्नका लागि बिश्वव्यापीरुपमा भइरहेका अध्ययन अनुसन्धानमा योगदान पुर्याउन ।

भूकम्पको अध्ययनबाट भएका उपलब्धीहरु

1) नेपालमा भूकम्प गएपश्चात यथाशक्य चाँडो केन्द्रबिन्दू, म्याग्नेच्युड आदि निर्धारण गरी समयमै सम्बन्धि सरोकारवाला निकाय तथा सर्वसाधारणमा सूचना प्रवाह गरी उद्धारकार्यमा सहयोग पु¥याइएको ।

2) भूकम्पीय आंकडामा आधारित Intensity Map, Epicenter Mapतथा भूकम्पीय जोखिम नक्शा तयार गरी समय समयमा स्तरोन्नति गर्दै राष्ट्रिय गौरवका भौतिक संरचना निर्माणमा आवश्यक सहयोग पु¥याउने ।

3) GPS Networkसंचालनबाट टेक्टोनिक प्लेटहरुको चाल मापन गरी भूसतहमा हुने संचित शक्ति परिवर्तन तथा भूपटलमा हुने संकुचन (Crustal Deformation),कृयाशील भ्रंस (Active Faults)र paleo-seismicityको अध्ययनबाट भूकम्प पैदा गर्न सक्ने सकृय भ्रंसहरु (Active faults)अध्ययन गरी ठूलो भूकम्प जाने सम्भावना रहेका क्षेत्रहरुको पहिचान हुने ।

भूकम्प मापन तथा साइस्मिक हजार्ड मुल्याङ्कन शाखाको मुख्य कार्यक्षेत्र

1) नेपालमा साईस्मिक तथा एक्सलेरोमेट्रिक स्टेशनहरुको संचालनगरी प्राप्त आंकडाबाट भूकम्प सम्बेदनशिल क्षेत्रको पहिचान गर्ने ।

2) शाखालाई 24 सै घण्टा संचालनमा ल्याई भूकम्प गए पश्चात यथाशक्य चाँडो भूकम्पको केन्द्रबिन्दू, मान लगायत भूकम्प सम्वन्धि सूचना प्रवाहगरी खोज तथा उद्धारकार्यमा सहयोग पु¥याउने ।

3) सुरक्षित पूर्वाधार निर्माण कार्य (जस्तै बिद्युत गृह, बाँध, नहर, सडक तथा ठूला ठूला संरचनाको निर्माण कार्य गर्दा आवश्यक पर्ने) Seismic data उपलब्ध गराउने ।

4)नेपाल हिमालयमा जाने भूकम्प र त्यसको अध्ययन अनुसन्धानका लागि स्थापना गरिएका साइस्मिक, Accelerometric स्टेशनहरुको नियमित संचालन तथा  आवश्यक मर्मत सम्भार गर्ने ।

5) भूकम्प उत्पादन गर्न सक्ने सव्रिmय भौगर्भिक भ्रंसहरुको पहिचान, अध्ययन तथा नक्सांकन गर्ने ।

6) Seismic site effect studies, Seismic Hazard Mapping तथा भूकम्प उत्सर्जज गर्न सहयोग पुर्याउने ग्यासहरुको अध्ययन अभ्ययनव वाट भूकम्पीय जोखिम स्थानहरुको पहिचान गरी भवन निर्माण संहिता ख‘ला स्थानको पहिचाहन, जनचेतचनामुलक आदि कार्यहरुको माध्यमवाट भूकम्प जोखिम  न्यूनिकरणका कार्यहरुमा सहयोग पुर्याउने ।

7) Epicenter तथा Seismic Hazard Map तयार तथा अद्यावधिक गर्ने ।