नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

(क) विभागको स्वरुप र प्रकृति:

स्वरुप: स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्य वाट खनिजजन्य उद्योगहरुको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले नेपाल सरकारवाट 2033 (सन् 1976) सालमा तत्कालिन खानी विभाग र भौगर्भिक सर्भेक्षण विभागलाई एकिकृत भई श्री उधोग मन्त्रालय अन्तरगत एक मात्र केन्द्रिय निकाय “खानी तथा भूगर्भ विभाग” नामाकरण गरी संचालनमा रहेको छ । नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति 2074।12।14 तथा 2075/01/04 को निर्णय अनुसार स्वीकृत संघिय विभागीय संगठन संरचना वमोजिम महानिर्देशकको मातहतमा (क) भू–विज्ञान, (ख) खनिज सम्पदा र (ग) योजना, प्रशासनिक तथा प्राविधिक सेवा महाशाखा गरी 3 महाशाखा,  तथा पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्र, खनिज प्रवर्द्धन तथा प्रशोधन केन्द्र र राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र गरी 3 केन्द्र तथा  25 शाखाहरु,  भूकम्प मापन केन्द्र सुर्खेत (शाखा कार्यालय) तथा पेट्रेलियम अन्वेषण परियोजनाको व्यवस्था गरिएको छ ।   

प्रकृति: भू–बैज्ञानिक तथा भूकम्पिय अध्ययन, भौगर्भिक सर्वेक्षण, खनिज अन्वेषण, पेट्रेलियम अन्वेषण, खनिज जन्य उद्योगको विकास, खनिज प्रशासन, खानी अनुगमन तथा निरिक्षण ।

(ख) विभागको कामकर्तव्य र अधिकार

नेपाल सरकार कार्य विभाजन नियमावली, 2069 मा तोकिएबमोजिम उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयको काम, कर्तव्य र अधिकारको बुँदा नं. 2 र 3 मा खानी तथा भूगर्भ सम्बन्धी देहायको काम, कर्तव्य र अधिकारको प्रावधान निश्चित गरिएको छ :-

खानी तथा खनिज पदार्थ अन्वेषण सम्बन्धी नीति, योजना, कार्यान्वयन तथा नियमन ।

  • खानी तथा खनिज विकास विषयक अध्ययन, अन्वेषण तथा सर्वेक्षण ।

उपरोक्त काम, कर्तव्य र अधिकारको दायरालाई आत्मसात् गर्दै खानी तथा भूगर्भ विभागले सम्पादन गर्ने कार्यको आधारमा यस विभागको देहायको काम, कर्तव्य र अधिकार रहेको छ:-

भूवैज्ञानिक अध्ययन, अनुसन्धान, सर्वेक्षण ।

  • खानी तथा खनिज पदार्थ सम्बद्ध सरकारका नीति तथा योजनाको कार्यान्वयन एवम् नियमन ।
  • खानी तथा खनिजजन्य उद्योगहरु प्रवर्धन, सञ्चालन एवम् प्रवद्र्धनको पूर्वाधार निर्माण ।
  • देशमा उपलब्ध प्राकृतिक ग्याँस तथा पेट्रोलियम श्रोतको अध्ययन, अनुसन्धान, अन्वेषण, प्रवद्र्धन एवम् विकास ।
  • भूकम्पीय वस्तुगत तथ्याङ्क प्राप्तिका निमित्त तथा भूकम्पीय प्रकोप सम्बन्धमा नियमित अध्ययन, अनुसन्धान, अन्वेषणमा तदारुकता एवम् निरन्तरता ।
  • माथिका बुँदाहरुसँग प्रासङ्गिक भई विभागद्वारा गरिने अन्य आवश्यक कार्यहरु ।
  • विभागको उदेश्य स्
  • भू वैज्ञानिक अध्ययन तथा अनुसन्धान गरी देशको भौगर्भिक ज्ञानमा अभिवृद्धि गर्ने ।
  • खनिज सम्पदाहरुको अध्ययन, अन्वेषण, मूल्याङ्कन तथा प्रवर्धन गरी सो मा आधारित खनिज उद्योगहरुको विकास गरी आर्थिक विकासमा टेवा पु¥याउने ।
  • खानी तथा खनिज पदार्थको अध्ययन, अनुसंन्धानका लागि आवश्यक प्राविधिक सेवा उपलव्ध गराउने ।
  • खनिज भण्डारमा आधारित खानी तथा खनिज उद्योगहरुको प्रवर्धन, विकास, तथा सञ्चालन गर्न खानी तथा खनिज पदार्थ ऐन तथा नियमहरु तर्जुमा गरी लागु गर्ने ।
  • भूकम्पीय अध्ययन तथा अनुसन्धान, भूकम्प र भूकम्पीय प्रकोपको सहि निगरानी राख्ने ।
  • पेट्रोलियम तथा प्रा. ग्याँस हुन सक्ने संभावित क्षेत्रमा भौगर्भिक तथा भू–भौतिक अन्वेषण गरी पेट्रोलियमका भण्डारहरु पत्ता लगाई राष्ट्रियरअन्तराष्ट्रिय लगानीकर्तालाई पेट्रोलियम अन्वेषण एवं उत्पादन गर्न आकर्षण गर्ने ।

(ग) निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण

कर्मचारी संख्या: जम्मा कर्मचारी संख्या 144 मध्ये प्राविधिक 95, अप्राविधिकमा 19 र श्रेणी विहिन 30 कर्मचारीहरु कार्यरत छन् । महानिर्देशक, महाशाखा प्रमुख 3 केन्द्र प्रमुख 3 गरि रा.प.प्र. श्रेणी को 7, जियोलोजिष्ट 49, केमिष्ट 9 , माइनिङ्ग इन्जिनियर 6, मेटालर्जिकल ईन्जिनियर,  केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर,  रिसर्च अधिकृत, डकुमेण्टेशन अफिसर, नापी अधिकृत, सिनियर ड्रिलर र कम्प्युटर अधिकृत 7 गरी जम्मा अधिकृत स्तरको प्राविधिक जनशक्तिहरु 79 व्यवस्था गरिएको छ ।    

कार्य विवरण:

भूविज्ञान महाशाखा

  • भौगर्भिक म्यापिङ्ग शाखा: भौगर्भिक तथ्याङ्क संकलन तथा भौगर्भिक नक्सा प्रकाशन ।
  • रिमोट सेन्सिङ्ग तथा जियोलोजिकल डाटा सेन्टर: दूर संवेदन प्रविधि तथा न्क्ष्क् प्रविधिको उपयोगवाट भौगर्भिक सर्भेक्षण तथा जियोहेजार्ड नक्सा प्रकाशन गर्ने ।
  • इञ्जिनियरिङ्ग जियोलोजी शाखा: व्यवस्थित शहरी विकासको लागि इन्जिनियरिङ्ग जियोलोजिकल अध्ययन गर्ने । व्यवस्थित शहरी विकास तथा फोहर मैला व्यवस्थापन को लागि अध्ययन, अनुसन्धान तथा प्रतिवेदन तयार गर्ने । फिल्डवाट संकलित चट्टानको नमूनाहरुको जियोटेक्निकल तथा इन्जिनियरिङ्ग गुणहरुको परिक्षण गर्ने ।
  • पहिरो अनुसन्धान शाखा: पहिरो सम्बन्धी भौगर्भिक अध्ययन अनुसन्धान तथा सुचना संकलन।
  • भू-भौतिक तथा भू- रसायनिक शाखा: भू–भौतिक तथा भू–रसायनिक अध्ययनवाट खनिज श्रोतको अन्वेषण कार्य गर्ने

खनिज सम्पदा महाशाखा

  • खनिज अन्वेषण शाखा: धातु खनिजको अध्ययन अनुसन्धान गर्ने । अधातु खनिजको अध्ययन तथा अनुसन्धान गर्ने
  • ड्रिलीङ तथा एक्सप्लोटरी माइनिङ शाखा: खानिज भण्डारको परिमाण यकिन गर्न ड्रिलिङ्ग कार्य गर्ने ।
  • प्राकृतिक ग्याँस शाखा : कोइला तथा प्राकृतिक ग्याँसको अध्ययन तथा अनुसन्धान गर्ने ।
  • खानी अनुमति तथा प्रशासन शाखा : खनिज कार्यको लागि खोजतलास तथा उत्खनन्को अनुमतिपत्र प्रदान गर्ने ।
  • खानी अनुगमन शाखा: संचालनमा रहेका खानीहरुको प्राविधिक तथा वातावरणीय विवादको समाधानको तथा खानीहरुको अनुगमन र निरिक्षण गर्ने ।

योजनाप्रशासनिक तथा प्राविधिक सेवा महाशाखा

  • योजनाकार्यक्रम तथा सूचना शाखा : पञ्चवर्षिय योजना, वार्षिक कार्यक्रम तथा बजेटको तयारी, कार्यक्रम संचालन तथा मूल्यांकन, प्रगति प्रतिवेदन तथा सूचना प्रबाह र संकलन गर्ने ।
  • कन्भेसनल एनलाइसिस शाखा: प्रचलित तरिकावाट धाउ, चट्टान र खनिज पदार्थमा रहेको तत्वहरुको गुणात्मक र परिमाणात्मक परिक्षण, विश्लेषण कार्य गर्ने ।
  • ट्रेस इलिमेन्ट एनलासिस शाखा: जियोकेमिकल नमूनाहरु जस्तै पानी, माटो आदिको गुणात्मक र परिमाणात्मक परिक्षण, विश्लेषण कार्य गर्ने ।
  • स्याम्पल प्रिप्रेसन तथा स्टोर शाखा: विभिन्न फिल्ड कार्यवाट सम्पन्न भएका नमूनाहरुको रसायनिक परिक्षणको लागि स्याम्पल प्रिपरेसन गर्ने तथा सो नमूनाहरुको व्यवस्थित रुपमा संकलन गर्ने ।
  • प्रशासन शाखा: विभागीय प्रशासन सम्बन्धी कार्य गर्ने ।
  • आर्थिक प्रशासन शाखा: विभागीय आर्थिक प्रशासन सम्बन्धी कार्य गर्ने ।

पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्र

  • पेट्रोलियम प्रवर्द्धन शाखा: पेट्रोलियम भण्डारको आर्थिक अध्ययन तथा प्रवद्र्धन कार्य गर्ने ।
  • डाटा इन्टरप्रिटेशन तथा डकुमेन्टेशन शाखा: भौगर्भिक, भू–भौतिक तथा भू–रसायनिक अनुसन्धान कार्यवाट प्राप्त डाटाहरुको इन्टरप्रिटेसन तथा डकुमेन्टेसन गर्ने ।  
  • पेट्रोलियम अन्वेषण शाखा: पेट्रोलियम अन्वेषण कार्यको लागि भू–भौतिक एसोम्याग्नेटिक साइस्मिक तथा ग्राभीटी सर्भेक्षण सम्बन्धि कार्य गर्ने ।

खनिज प्रवर्द्धन तथा प्रशोधन केन्द्र

  • खनिज आर्थिक अध्ययन तथा प्रवर्द्धन शाखा: पत्ता लागेका खनिज भण्डारको प्राविधिक, आर्थिक, अध्ययनको अधारमा डाटा प्याकेज तयार गरीउद्योग प्रबद्र्धन सम्बन्धि कार्य गर्ने ।
  • खनिज भण्डार मूल्यांकन शाखा : अन्वेषण कार्यवाट पत्ता लागेको अधातु र धातु खनिज भण्डारको परिमाण तथा गुणको मूल्याङ्ककन गर्ने ।
  • खनिज प्रशोधन प्रयोगशाला : धातु र अधातु खनिजको प्रसोधन तथा विनिफिसियसन गर्ने
  • मिनरोलजी तथा जेमोलोजी शाखा: चट्टान तथा खनिजका नमूनाहरुको थिन सेक्सन तथा पोलिष्ड सेक्सन बनाई परिक्षण गर्ने ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र

  • भूकम्प मापन तथा स्यास्मिक हजार्ड मूल्याड्ढन शाखा : साइस्मिक स्टेसन, डाटा संकलन तथा प्रसोधन कार्य तथा भूकम्पिय जोखिम मुल्याङ्कन गर्ने ।
  • जियोडेसी तथा प्यालियो सेस्मोलोजी शाखा: GPS स्टेसनको संचालन, सुचना संकलन तथा पुराना भूकम्पिय दरारहरुको अध्ययन अनुसन्धान।