सुचना पाटी
- शिलबन्दी दरभाउपत्र आह्ववानको सुचना: सिन्धुपाल्चोक स्थित गुम्बा साईस्मिक स्टेसनको पालेघर निर्माण -
- आशयको सुचना: केमिकल तथा ग्लासवयर शिलबन्दी दरभाउपत्र -
- आशयको सुचना: रसायन प्रयोगशाला भवन मर्मत -
- खनिज उत्पादन रोयल्टिको विवरण बझाउने सम्बन्धमा -
- बोलपत्र आह्वानको सुचना: ल्याब मर्मत तथा उपकरण खरिद -
खनिज कार्यको अनुमतीपत्र नविकरण बारेको सुचना
नेपाल सरकार उद्योग,
वाणिज्य तथा आपूर्ति मन्त्रालय
खानी तथा भूगर्भ विभाग
लैनचौर, काठमाण्डौ
खनिज कार्यको अनुमतिपत्र नविकरण बारेको सूचना
प्रकाशित मिति २०७७।०७।०१
यस विभागद्धारा खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा नियमावली, २०५६ अन्तर्गत खनिज उत्खनन् र खोजतलास अनुमतिपत्र प्राप्त केही व्यक्ति वा कम्पनीले उक्त ऐनको दफा ७ र नियमावलीको नियम ४२ को व्यवस्था अनुसार आर्थिक वर्ष (०७६/७७) समाप्त भएको ३ (तीन) महिनाभित्र अनुमति पत्र नविकरण गराई सक्नुपर्नेमा म्याद गुजारी बसेकोले ऐनको दफा २५ को प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ । खानी तथा खनिज पदार्थ ऐन, २०४२ (संशोधन सहित) तथा नियमावली, २०५६ (संशोधन सहित) को म्यादभित्र नविकरण गराउन नसकेको मनासिव कारण भए सोको स्पष्टिकरण मिति २०७७।०७।०१ गतेबाट लागू हुने गरि ३५ (पैंतिस) दिनभित्र विभागमा प्रस्तुत गर्नु होला, म्याद भित्र नआएमा ऐन, नियम बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।