केमिकल एनालाइसिस शाखाका कार्यहरुः
यो शाखा विभागको दैनिक कार्यक्षेत्रमा खनिज पदार्थको अन्वेषण एवम् अनुसन्धानका लागि संचालनमा रहेका छन् । खनिज उद्योगको प्रवद्र्धन र विकासका लागि यस शाखाबाट सरकारी तथा निजी स्तरका लागि तोकिए बमोजिमको शुल्क लिई रसायनिक बिश्लेषण सेवा प्रदान गरिन्छ । विभागको कार्यबोझ तथा उपलव्ध श्रोत र साधनका आधारमा मात्र सर्वसाधारणलाई यो सेवा दिन सकिन्छ । यो शाखाले मुख्यतया कन्भेसनल विधि (Gravimetric/Volumetric Method) अबलम्बन गरी बिभिन्न खनिज तथा खनिजजन्य धातु तथा अधातु नमूनाहरुको रासायनिक बिश्लेषण कार्य गर्दछ ।
यस कन्भेसनल एनालाइसिस शाखाबाट प्रदान गरिने रासायनिक परीक्षण सेवाहरुः
1. चुनढुंगा, डोलोमाईट, म्याग्नेसाईट खनिजको बिस्तृत परीक्षण
2. सिलिकेट चटृान परीक्षण
3. फलामे धातुका चटृान परीक्षण
4. फोस्फोरस खनिजको परीक्षण
5. कोइला परीक्षण बिश्लेषण
प्राप्त धाउ तथा चटृानका नमूनाहरुमा तत्वहरुको गुणात्मक तथा परिमाणात्मक विश्लेषण कार्यहरु गर्ने गर्दछ ।
विश्लेषणको लागि प्रयोग गरिने उपकरणहरू
सुकाउने ओवन:

नमूना सुकाउने: अनावश्यक चिसोबाट बच्न, ओभनमा १०५°C ± ५°C मा एक घण्टाको लागि सुकाइन्छ।
डिजिटल ब्यालेन्स: ४ अंक संख्या (०.०००० ग्राम) भएको विश्लेषणात्मक ब्यालेन्स मिलिग्राम दायरामा सानो द्रव्यमान (०.१ मिलीग्राम) सम्म मापन गर्न डिजाइन गरिएको हो।

मफल फर्नेस: मफल फर्नेसमा १०००C को तापक्रममा नमूना प्रज्वलित गर्न

डिजिटल हटप्लेट: नमूनालाई २५० डिग्री सेल्सियस सम्म तताउन र पाचन र बेकिंग प्रक्रिया पूरा गर्न।

भोल्युमेट्रिक ग्लासवेयर: पिपेट 1 देखि 50 एमएल, बुरेट 50 एमएल, भोल्युमेट्रिक फ्लास्क 250, 500 एमएल, कोनिकल फ्लास्क 250 एमएल, बीकर 200, 400, 500 एमएल आदि फिल्टरेशन प्रक्रिया, टाइट्रेसन प्रक्रिया, र घोल बनाउन प्रयोग गरिन्छ।

ट्रेस इलमेण्ट एनालाइसिस शाखा
यस शाखा मार्फत हुने परिक्षणहरुः
खनिज तथा खनिजजन्य नमूनाहरु बिद्युतीय उपकरण -Atomic Absorption Spectrophotometer प्रयोग गरी Geo-Chemicals तथा Stream Sediments का नमुनाहरुमा ट्रेस -Trace धातुहरुको परिक्षण।
ICP-MS बिद्युतीय उपकरण प्रयोग गरी Uranium, Rare Earth Elements लगायतका अन्य धातुहरुको परिक्षण कार्य ।
ट्रेस इलमेण्ट विश्लेषण सम्बन्धी अनुसन्धानात्मक तथा विकास कार्य तथा गुणस्तर कायम राख्न संलग्न रहने ।
i. AAS SHIMADZU 7000 model
Atomic Absorption Spectrometry प्रति मिलियन (ppm) तहमा ट्रेस तत्वहरू मापन गर्न।

ii. ICP – MS Agielent 7800 model
Inductive Coupled Plasma Mass Spectrometer पार्ट्स प्रति बिलियन (ppb) तहमा परमाणु संख्या १२ भन्दा माथिका ५० भन्दा बढी तत्वहरू परिक्षण गर्न।

iii.XRF Bruker S2 Ranger
X-ray Fluorescence एक्स-रे मार्फत खनिजमा प्रतिशत तहमा रहने प्रमुख तत्वका अक्साइडहरु मापन गर्न।
