भू-विज्ञान महाशाखा अन्तर्गत रहेको यस शाखाको मुख्य काम भू-प्रकोक तथा भू-वातावरणसंग सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्नु हो । पहिरो सम्बन्धी अध्ययन गरी त्यसको भौगर्भिक कारणहरु तथा रोकथामका लागि उपर्युक्त तरिकाको पहिचान गरेर सम्बन्धित निकायहरु सँगको समन्वयमा पहिरोबाट हुने धनजनको क्षतिलाई न्यनिकरण गर्नु यस शाखाको प्रमुख उद्देश्य रहेको छ ।
प्रमूख उदेश्यहरु:
- देशभरका सकृय पहिरो सम्बन्धी तथ्यांक संकलन गर्ने।
- पहिरो सम्बन्धी अध्ययन र अनुसन्धान को आधरमा पहिरोको जोखिम नक्सा तयार पर्ने।
- अती जोखिमयूक्त पहिरोको अनूगमन गर्ने।
- माग भएबमोजिंम पहिरो सम्बन्धी अध्ययन गरी सम्बन्धित निकायलाइ प्रतिवेदन उपल्बध गराउने।
- पहिरोबाट बिस्थापित हुन सक्ने बस्तीहरुको लागि अस्थायी बासस्थानको छनौट गर्ने
जियोलोजिकल सर्भेक्षण तथा भौगर्भिक नक्सा प्रकाशन गर्ने कार्यमा सहयोग गर्ने ।
- भू–बैज्ञानिक अध्ययन अनुसन्धानका लागि अद्यावधिक स्याटलाइट डाटा र एरियल फोटोग्राफहरु संकलन गर्ने, विश्लेषण गर्ने रिमोट सेन्सिङ्ग तथा जि.आई.एस. प्रविधि प्रयोग गरी भू–बैज्ञानिक अध्ययन अनुसन्धानमा सहयोग गर्ने ।
- विभिन्न कार्यमा प्रयोग हुने सबै भौगर्भिक अध्यययन अनुसन्धानबाट प्राप्त डाटालाई डिजिटलडाटावेस (GIS) मा तयार गर्ने ।
- विभागबाट भएका कार्यहरुको प्रतिवेदन तथा नक्साहरुको व्यवस्थापन, रेफरेन्सिङ्ग एवं क्याटलगिङ्ग गरी पुराना तथ्याङ्कहरुको चुस्तदुरुस्त भण्डारण गर्ने ।
- विभिन्न कार्यमा प्रयोग हुने सबै भौगर्भिक अध्यययन अनुसन्धानबाट प्राप्त डाटालाई डिजिटलडाटावेश तयार गरी संरक्षण गर्ने ।
शाखामा उपलब्ध भौतिक सुविधाहरु: Erdas Imagine 8.4, ArcGIS 10, A0 color plotter/Scanner.
प्रकाशित नक्साहरु :
पहिरोको जोखिम सम्बन्धी हालसम्म दशवटा नक्शाहरु प्रकाशित भइसकेका छन् । प्रकाशित नक्शाहरु यस बिभागवाट तोकिएको बमोजिमको राजश्व बुझाई प्राप्त गर्न सकिन्छ ।
Landslide hazard zonation map of part of Makawanpur, Dhading and Kathmandu district.
- Landslide hazard zonation map of part of Makawanpur, Kavrepalanchok , Lalitpur and Kathmandu district.
- Landslide hazard zonation map of part of Kaski, Myagdi and Parbat districts.
- Landslide hazard zonation map of part of Syangja, Kaski, Parbat and Tanahun districts.
- Landslide hazard zonation map of part of Gulmi, Parbat, Baglung and Syangja districts.
- Landslide hazard zonation map of part of Syangja, Palpa and Gulmi districts.
- Landslide hazard zonation map of part of Syangja, Palpa and Tanahun districts.
- Landslide hazard zonation map of part of Gulmi, Syangja and Palpa districts.
- Landslide hazard zonation map of part of Myagdi, Baglung, Parbat and Kaski districts.
- Landslide hazard zonation map of part of Baglung and Myagdi districts.