यस शाखाको मुख्य उदेस्य निम्नानुसार रहेका छन्।
- भूकम्पीय गतिविधि, सक्रिय दरार तथा भूकम्पीय स्रोतहरूको अध्ययन गरी साइस्मिक हजार्डको मूल्याङ्कन गर्ने।
- भूकम्पीय जोखिमयुक्त क्षेत्रहरूको पहिचान, वर्गीकरण गरी साइस्मिक हजार्ड नक्साङ्कन गर्ने।
- पूर्वाधार विकास तथा विपद् जोखिम न्यूनीकरणका लागि भूकम्पीय सूचना, प्राविधिक सुझाव तथा वैज्ञानिक आधार उपलब्ध गराउने।