नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

खनिज कार्यको अनुमतीपत्र नविकरण बारेको सुचना

प्रकाशित मिति : 2020-10-17

नेपाल सरकार उद्योग,

वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाण्डौ

खनिज कार्यको अनुमतिपत्र नविकरण बारेको सूचना

प्रकाशित मिति 2077।07।01

यस विभागद्धारा खानी तथा खनिज पदार्थ ऐन, 2042 तथा नियमावली, 2056 अन्तर्गत खनिज उत्खनन् र खोजतलास अनुमतिपत्र प्राप्त केही व्यक्ति वा कम्पनीले उक्त ऐनको दफा 7 र नियमावलीको नियम 42 को व्यवस्था अनुसार आर्थिक वर्ष (076/77) समाप्त भएको 3 (तीन) महिनाभित्र अनुमति पत्र नविकरण गराई सक्नुपर्नेमा म्याद गुजारी बसेकोले ऐनको दफा 25 को प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ । खानी तथा खनिज पदार्थ ऐन, 2042 (संशोधन सहित) तथा नियमावली, 2056 (संशोधन सहित) को म्यादभित्र नविकरण गराउन नसकेको मनासिव कारण भए सोको स्पष्टिकरण मिति 2077।07।01 गतेबाट लागू हुने गरि 35 (पैंतिस) दिनभित्र विभागमा प्रस्तुत गर्नु होला, म्याद भित्र नआएमा ऐन, नियम बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।