नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

स्वागत मन्तव्य

नेपालमा भौगर्भिक अध्ययन, अनुसन्धान तथा खनिज सम्पदाको प्रबर्धन एवं बिकासको लागि एक मात्र सरकारी निकायका रुपमा खानी तथा भूगर्भ विभाग क्रियाशील रहेको छ । नेपालको संभवत सबैभन्दा पुरानो बिभागहरु मध्ये एउटा विभागको रुपमा आफ्नो परिचय बनाउन सफल यस विभागकोे विकासक्रमको ऐतिहासिक पृष्ठभूमि केलाएर हेर्ने हो भने बि. सं. १९८६ मा नहर तथा जियोलजि अड्डा , बि. सं. १९९९ मा खानी अड्डा, बि. सं. २०२४ मा भौगभिक सर्भेक्षण बिभाग  हुंदै बि. सं. २०३३ मा आएर यसको नामाकरण खानी तथा भूगर्भ विभाग हुन पुगेको हो ।

नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०७४।१२।१४ तथा २०७५/०१/०४ को निर्णय अनुसार स्वीकृत संघिय विभागीय संगठन संरचना वमोजिम महानिर्देशकको मातहतमा (क) भू–विज्ञान, (ख) खनिज सम्पदा र (ग) योजना, प्रशासनिक तथा प्राविधिक सेवा महाशाखा गरी ३ महाशाखा,  तथा पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्र, खनिज प्रवर्द्धन तथा प्रशोधन केन्द्र र राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र गरी ३ केन्द्र तथा  २५ शाखाहरु,  भूकम्प मापन केन्द्र सुर्खेत (शाखा कार्यालय) तथा पेट्रेलियम अन्वेषण परियोजनाको व्यवस्था गरिएको छ ।